राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गत ठूलो आन्द्राको क्यान्सर परीक्षणका लागि तपाईंको मार्गदर्शिका (Nepali)
अद्यावधिक गरियो 12 मई 2025
Applies to England
ठूलो आन्द्राको क्यान्सर परीक्षणमा भाग लिनु वा नलिनु भनेर तपाईं आफैँ रोज्न सक्नुहुन्छ। यो पर्चाको उद्देश्य तपाईंलाई निर्णय गर्न सहायता गर्नु हो।
राष्ट्रिय स्वास्थ्य सेवाले किन ठूलो आन्द्राको क्यान्सरको परीक्षण उपलब्ध गराउँछ
हामी कुनै लक्षण नदेखिने प्रारम्भिक चरणमा नै ठूलो आन्द्राको क्यान्सरका चिन्हहरू भेटाउने प्रयास गर्न स्क्रिनिङ सेवा उपलब्ध गराउँछौं। यति बेला नै उपचारले धेरै राम्ररी काम गर्न सक्छ।
कहिलेकाहीँ आन्द्राका कोशिकाहरू चाँडो गतिमा बढेर गुच्छा जस्तो बनिन्छ जसलाई आन्द्राको पोलिप भनिन्छ। पोलिप भनेको क्यान्सर चाहीँ होइन तर पछि गएर क्यान्सर हुन सक्छ। पोलिपको पत्ता लागेमा यसलाई हटाउन सकिन्छ।
नियमित स्क्रिनिङ गराउँदा ठूलो आन्द्राको क्यान्सर हुने र यसको कारण मृत्यु हुने जोखिम कम हुन्छ।
ठूलो आन्द्राको क्यान्सर परीक्षणको लागि हामी कसलाई बोलाउँछौं
54 वर्ष देखि 74 वर्ष सम्म उमेर भएका मानिसहरूलाई हामी प्रत्येक 2 वर्षमा ठूलो आन्द्राको क्यान्सर परीक्षणको लागि बोलाउने गर्छौं। हामी ठूलो आन्द्राको क्यान्सर परीक्षणका लागि होम टेस्ट किट पठाउँछौं। यो कार्यक्रममा विस्तार गरेर 50 वर्ष र माथिका योग्य व्यक्तिहरूका लागि पनि उपलब्ध गराउने काम हुँदैछ।
यसमा बोलाइनका लागि तपाई जेनरल प्र्याक्टिसमा दर्ता भएको र इङ्गल्याण्डमा बस्ने हुनु पर्छ। तपाईंको जेनरल प्र्याक्टिस केन्द्रद्वारा हामीलाई तपाईंको सम्पर्क विवरण दिइन्छ। कृपया उनीहरूसँग तपाईंको निम्न लगायतका सही विवरणहरू छन् भन्ने सुनिश्चित गर्नुहोस्:
- नाम
- जन्म मिति
- ठेगाना
- फोन नम्बर
- इमेल ठेगाना
तपाईंको उमेर 75 वर्ष वा बढी भएपनि, प्रत्येक 2 वर्षमा ठूलो आन्द्राको क्यान्सर परीक्षणमा भाग लिन सक्नुहुन्छ, तर तपाईंलाई आमन्त्रण गरिने छैन। हाम्रो नि:शुल्क हेल्पलाईन नम्बर 0800 707 60 60 मा फोन गर्नुहोस्।
ठूलो आन्द्राको क्यान्सर
आन्द्रा भनेको तपाईको पाचन प्रणालीको एक भाग हो। यसले खानाबाट प्राप्त पौष्टिक तत्व र पानी सोसेर लिन्छ र बाँकी रहेको वस्तुलाई दिसामा परिणत गर्छ। तल देखाएझैं, कोलन तथा रेक्टम मिलेर ठूलो आन्द्रा बनिन्छ।
ठूलो आन्द्राको क्यान्सर भनेको यस्तो क्यान्सर हो जो ठूलो आन्द्राको कुनै पनि भागमा हुन सक्छ। यस भित्र कोलन तथा रेक्टम पनि पर्दछ।

कोलन तथा रेक्टम मिलेर ठूलो आन्द्रा बनिन्छ र यिनीहरू पाचन प्रणाली कै भाग हुन्।
ठूलो आन्द्राको क्यान्सर परीक्षण कसरी गरिन्छ
तपाईंको निमन्त्रणामा ठूलो आन्द्राको क्यान्सर परीक्षणको बारेमा जानकारी दिइएको हुनेछ।
हामी तपाईंलाई होम टेस्ट किट पठाउँछौँ, जसलाई फेकल इम्युनोकेमिकल टेस्ट (FIT) भनिन्छ। यो किटको प्रयोग गरेर तपाईंले थोरै मात्रामा दिसा लिएर प्रयोगशालामा पठाउनु पर्छ। दिसामा थोरै मात्रामा रगत भए नभएको प्रयोगशालामा जाँच गरिन्छ। पोलिप र आन्द्राको क्यान्सरको कारण कहिलेकाहीँ रगत आउने हुनाले यो जाँच गरिन्छ। यसपछि, धेरैजसो मानिसहरूलाई कुनैपनि थप परीक्षणहरू गर्नु पर्दैन।
यदि तपाईंको दिसामा रगत फेला परेमा, के कारणले रगत देखिएको हो भनेर पत्ता लगाउन तपाईंलाई थप परीक्षणहरू आवश्यक हुन सक्छ। कोलोनोस्कोपीका बारेमा छलफलका लागि हामी तपाईंलाई भेट्ने समयको प्रस्ताव गर्नेछौं। कोलोनोस्कोपीद्वारा तपाईंको आन्द्रा भित्रको जाँच गरिन्छ।

होम टेस्ट किट प्रयोग गर्ने
परीक्षणका लागि, तपाईंले किटको प्रयोग गरेर थोरै मात्रामा आफ्नो दिसा सङ्कलन गर्नु पर्छ। कृपया नमूना संङ्कलन गर्न एउटा सफा डिस्पोजेबल डब्बाको प्रयोग गर्नुहोस्। त्यसपछि यो नमूनालाई परीक्षणको लागि हुलाकद्वारा पठाउनु पर्छ। किट भित्र प्रिपेड प्याकेजिङ र सम्पूर्ण निर्देशनहरू दिइएको हुन्छ।
तपाईंको नमूना जाँच गरेपछि, हामी परिणामलाई लेखेर राख्र्छौं र परीक्षण किट र सामग्रीहरूलाई नष्ट गर्छौं।
यदि तपाईंको कुनै प्रश्न भएमा, कृपया हाम्रो निःशुल्क हेल्पलाईन नम्बर 0800 707 60 60 मा फोन गर्नुहोस्। यसमा निम्न कुराहरू पनि समावेश छ:
- यदि तपाईंलाई परीक्षण गर्न सहयोग चाहिन्छ भने
- यदि यसलाई तपाईंले प्रयोग गर्नु हुन्छ वा हुँदैन भनेर निश्चित नभए, जस्तै, यदि तपाईंले कुनै शल्यक्रिया गराएको छ भने
- यदि तपाईं स्टोमा ब्याग (कोलोस्टोमी वा इलियोस्टोमी) प्रयोग गर्नुहुन्छ र सुझाव चाहिन्छ भने।
तपाईंले महिनावारी नभएको बेला नमूना लिनु सबभन्दा राम्रो हुन्छ। तपाईंको रक्तस्राव हुनु अघि वा पछिको 2 दिन नमुना नलिनुहोस्।

यो होम टेस्ट किटको चित्र हो। किट प्रयोग गर्न निर्देशन डब्बा भित्र दिइएको छ।
ठूलो आन्द्राको क्यान्सर परीक्षणको परिणाम
आफ्नो नमूना पठाएको 2 हप्ता भित्र तपाईंले परिणाम पाउन सक्नुहुन्छ। स्क्रिनिङका 2 वटा सम्भावित परिणामहरू आउँछन्:
- हाल कुनै थप परीक्षणहरू गर्नु पर्दैन
- थप परीक्षणहरू गर्नु पर्छ।
हाल कुनै थप परीक्षणहरू गर्नु पर्दैन
धेरजसो मानिसहरू (100 मा लगभग 97 देखि 98 जना) को परिणाम यस्तै हुन्छ।
अर्थात तपाईंको नमूनामा हामीले रगत भेटेनौं, वा परीक्षणको स्तरभन्दा पनि थोरै मात्रामा छ।
तपाईंको उमेर 75 वर्ष भन्दा कम भएमा 2 वर्षमा फेरि तपाईंलाई आन्द्राको क्यान्सर परीक्षण गर्ने प्रस्ताव गर्नेछौं।
यो परिणामद्वारा तपाईलाई ठूलो आन्द्राको क्यान्सर छैन भन्ने ग्यारेन्टी गर्दैन। ठूलो आन्द्राको क्यान्सर भविष्यमा पनि हुन सक्छ। यदि तपाईलाई आन्द्राको क्यान्सरको लक्षण छ वा हुँदैछ भने जेनरल प्र्याक्टिसमा जानुहोस्।
थप परीक्षणहरू गर्नु पर्छ
100 मा लगभग 2 देखि 3 जनामा यस्तो परिणाम आउँछ
अर्थात हामीले तपाईंको दिसामा परीक्षण स्तरभन्दा बढी रगतको मात्रा भेट्टायौं। यसलाई थ्रेसहोल्ड पनि भनिन्छ।
धेरैवटा कारणहरूले दिसामा रगत देखिन सक्छ। रगतको कारण पत्ता लगाउन कोलोनोस्कोपी गर्ने बारे छलफल गर्न हामी तपाईंलाई भेट्ने समयको प्रस्ताव गर्नेछौं।
कोलोनोस्कोपी भनेको तपाईंको ठूलो आन्द्रा भित्र हेर्ने एउटा परीक्षण हो। nhs.uk मा हेर्नुहोस्।

ठूलो आन्द्राको क्यान्सर परीक्षणको सम्भावित जोखिमहरू
कुनैपनि स्क्रिनिङ परीक्षण 100% भरपर्दो हुँदैन।
आन्द्राको क्यान्सर स्क्रिनिङले पोलिप वा क्यान्सर नभेट्न पनि सक्छ। तपाईंले होम टेस्ट किट प्रयोग गरेको बेला पोलिप वा क्यान्सरबाट रगत निस्केको थिएन भने यस्तो हुन सक्छ।
धेरैजसो मानिसहरूलाई थप परीक्षणहरू गर्नु पर्दैन। यदि तपाईंले परीक्षण गराउने भएमा, कोलोनोस्कोपी गर्दा ठूलो आन्द्रामा क्षति पुग्न सक्ने सानो जोखिम पनि रहन्छ, तर यो विरलै हुने कुरा हो। कोलोनोस्कोपीबारे छलफल गर्ने तपाईंको अपोइन्टमेन्टको बेला तपाईंले निर्णयमा सहायता गर्न थप जानकारी पाउनुहुनेछ।
ठूलो आन्द्राको क्यान्सरको लक्षणहरू
ठूलो आन्द्राको क्यान्सरका निम्न अनुसार लक्षणहरू हुन सक्छन्:
- दिसामा तपाईंको लागि सामान्य भन्दा फरक किसिमको परिवर्तन, जस्तै नरम, पखाला वा कब्जियत हुने
- तपाईंको लागि सामान्य भन्दा धेरै वा कम पटक दिसा आउने
- दिसामा रगत, दिसा रातो वा कालो देखिने
- मलद्वारबाट रगत निस्कने
- भर्खरै दिसा गरेर आएको भए तापनि दिसा आएको जस्तो भइ रहने
- पेट दुख्ने
- पेटमा कुनै प्रकारको गाँठो
- पेट फुल्ने
- केही प्रयास नगर्दा पनि वजन घट्ने
- धेरै थाकित महसुस हुने, जस्तै रातो रक्त कोशिकाको स्तर सामान्य भन्दा कम (एनिमिया) भएर।
उक्त लक्षणहरू देखिनाले नै तपाईलाई ठूलो आन्द्राको क्यान्सर छ भन्ने हुँदैन। यदि यी मध्ये कुनै पनि लक्षणहरू 3 हप्ता वा बढी रहेमा, कृपया तपाईंको जेनरल प्र्याक्टिसमा भन्नुहोस्। तपाईंले भर्खरै आन्द्राको क्यान्सर परीक्षण गराउनुभएको छ भने पनि यसो गर्नु जरुरी छ।
ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना कसलाई धेरै रहन्छ
निम्न अवस्थामा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना धरै रहन सक्छ:
- उमेर 50 वर्ष भन्दा माथि भएमा
- धूम्रपान गर्ने भएमा
- वजन बढी भएमा
- कुनै निकट आफन्तलाई ठूलो आन्द्राको क्यान्सर भएको भएमा
- तपाईलाई भएको छ भने, जसमा र पर्छ
- तपाईंको ठूलो आन्द्रामा स-सानो गुच्छा जस्तो बनेको छ जसलाई भनिन्छ
- तपाईलाई लिंच सिन्ड्रोम वा फ्यामिलियल एडेनोमाटस पोलिपोसिस भएको छ।
nhs.uk मा हेर्नुहोस्।
थप जानकारी र सहयोग
आन्द्राको क्यान्सर परीक्षणबारे सुझावको लागि, तपाईंले हाम्रो निःशुल्क हेल्पलाईन नम्बर 0800 707 60 60 मा फोन गर्न सक्नुहुन्छ।
यदि तपाईंलाई कान सुन्न वा बोल्न समस्या छ भने, रिले यूके सेवाको प्रयोग गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आफ्नो टेक्स्टफोनबाट 18001 त्यसपछि 0800 707 60 60 डायल गर्नुहोस् वा प्रयोग गर्नुहोस्।
यो जानकारी सहज पठन तथा अन्य भाषाहरू लगायतका वैकल्पिक स्वरूपहरूमा पनि उपलब्ध हुनेछ। कुनै वैकल्पिक स्वरूपमा अनुरोध गर्न, 0300 311 22 33 मा फोन गर्नुहोस् वा england.contactus@nhs.net मा इमेल गर्नुहोस्।
तपाईंले:
- nhs.uk मा गएर पनि पाउन सक्नुहुन्छ
- यदि थप परीक्षणहरू गर्नुपर्ने भएमा हाम्रो कोलोनोस्कोपी गराउनेबारे पर्चा पढ्न सक्नुहुन्छ
- राष्ट्रिय स्वास्थ्य सेवा स्क्रिनिङ कार्यक्रमहरूबारे ट्रान्सजेन्डर र गैर-बाइनरी व्यक्तिहरूको लागि जानकारी पढ्न सक्नुहुन्छ।
तपाईंलाई सही समयमा परीक्षणको लागि बोलाउन हामी तपाईंको राष्ट्रिय स्वास्थ्य सेवा अभिलेखबाट व्यक्तिगत जानकारी प्रयोग गर्दछौं। स्क्रिनिङ कार्यक्रमहरूमा सुधार गर्न र गुणस्तरीय सेवा प्रदान गर्न यो जानकारीले हामीलाई सहयोग गर्छ। पढ्नुहोस्।
यसबारे जानकारी पाउनुहोस्